चेक रिपब्लिकका प्रशिक्षकले राजीनामा दिए

काठमाडौं ।  युरो २०२४ का लागि छनोट भएपछि चेक रिपब्लिकका प्रशिक्षक जारोस्लाभ सिल्हाभीले राजीनामा दिएका छन् । ६२ वर्षीय सिल्हवीले सेप्टेम्बर २०१८ मा जिम्मेवारी सम्हालेका थिए र चेक गणतन्त्रलाई युरो २०२० को क्वार्टरफाइनलमा पुर्‍याएका थिए।

चेक गणतन्त्रले सोमबार मोल्डोभालाई ३–० ले हराउँदै अर्को वर्ष जर्मनीमा हुने युरोमा आफ्नो स्थान सुरक्षित गरेको छ । छनोट भएपछि आफुहरु  खुसी भए पनि मैले  खेल अघि नै प्रशिक्षकको रुपमा काम नगर्ने निर्णय गरिसकेको थिए”, सिल्हवीले भने।

उनले यसबारे चेक गणतन्त्रको फुटबल संघको अध्यक्ष पेत्र फुस्कालाई जानकारी दिएको बताएका छन् । सिल्हवीले आफ्नो ५६ खेलको कार्यकालमा २६ जितको , १० बराबरी र २० हार ब्यहोरेका थिए ।  युरो २०२४ को छनोटमा समूह ई मा दोस्रो स्थानमा रहँदै जर्मनीमा हर्को वर्ष हुने युरोकपमा छनोट भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर