२ किलो कोकिनसहित भारतकी एक महिला पक्राउ

काठमाडौं । काठमाडौं हुँदै भुटानको थिम्पु पुर्‍याउन खोजिएको २ किलो कोकिनसहित भारतकी एक महिला पक्राउ परेकी छिन्‌ । मिजोरम घर भएकी ३२ वर्षीया किमरो साँगी इथियोपियाबाट दोहा हुँदै कोकिन बोकेर सोमबार काठमाडौं आइपुगेकी थिइन्‌ ।

नेपाल प्रहरीले सोमबार बिहान १० बजेतिर उनलाई कोकिनसहित पक्राउ गरेको हो । साँगीको साथबाट प्रहरीले १९७३ ग्राम कोकिन बरामद गरेको छ । कोकिन तस्करीबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर