मगाएको आइ-फोन तर आइपुग्यो भाँडामाझ्ने साबुन !

काठमाडौं । आजभोलि अनलाइनले हाम्रो जीवनलाई सजिलो बनाएको छ । हामी घरमै बसेर जे पनि अर्डर गर्न सक्छौं । कहिले खाना अर्डर गर्न मन लाग्यो भने त कहिले स्मार्टफोन अर्डर गर्न मन लागेमा सामान घर मै आइपुग्छ ।

तर, कहिलेकाहीँ यस्तो हुन्छ कि हामीले जे अर्डर गर्छौं त्यो पाउँदैनौं । हालै एक व्यक्तिले अनलाइनमा मोबाइल अर्डर गरे तर खोल्दा त्यसमा साबुनको भेटियो । जानकारी अनुसार यो मामिला भारतको महाराष्ट्रको ठाणे जिल्लाको हो । एक व्यक्तिले अनलाइन सपिङ प्लेटफर्मबाट रु ४६,००० मूल्य (भारु) को स्मार्टफोन अर्डर गरे, तर उनलाई दिइएको पार्सलमा तीनवटा साबुन फेला परेको बताइएको छ। प्रहरीले सोमबार सो जानकारी दिएको हो ।

भाइन्दर प्रहरी चौकीका एक अधिकारीले पीडितको पार्सल डेलिभरीका क्रममा छेडछाड भएको देखिएको बताए । पीडितले अनलाइन सपिङ प्लेटफर्मबाट ४६ हजार रुपैयाँको आइफोन अर्डर गरेको बताए । प्रहरीले पीडितले दिएको उजुरीलाई उद्धृत गर्दै उनले प्याकेज खोल्दा मोबाइलको प्याकेटमा तीन वटा भाँडा धुने साबुन भेटिएको बताए । अधिकारीका अनुसार प्रहरीले शनिबार अज्ञात अपराधीविरुद्ध भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४२० (धोखाधडी) अन्तर्गत मुद्दा दर्ता गरेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर