भारतीय अर्थतन्त्र ४ ट्रिलियन डलर नाघेको स्क्रिनसट भाइरल

काठमाडौं । आइतबार सामाजिक सञ्जालमा एउटा स्क्रिनसट भाइरल भइरहेको थियो । जसमा भारतीय अर्थतन्त्र (जीडीपी) पहिलो पटक ४ ट्रिलियन डलर (करिब ५२ नील रुपैयाँ) नाघेको दाबी गरिएको थियो ।

यो स्क्रिनसट रवीन्द्र जडेजाकी पत्नी र बीजेपी विधायक रिवाबा जडेजा, देवेन्द्र फडणवीस र अर्जुन राम मेघवाल सहित धेरै भाजपा नेताहरूले सोशल मिडिया प्लेटफर्म एक्समा सेयर गरेका थिए।

यसबाहेक भारतका दोस्रा धनी व्यक्ति गौतम अडानीले पनि भारतलाई ४ ट्रिलियन डलरको अर्थतन्त्र बनेकोमा बधाई दिएका थिए । तर, पछि उनले सो पोस्ट हटाए । आधिकारिक रूपमा समेत यसबारे सरकारले कुनै जानकारी दिएको छैन । नोभेम्बर ९ मा जारी गरिएको तथ्याङ्क अनुसार भारतको जीडीपी ३.७३ ट्रिलियन डलर अर्थात् ३.७३ लाख करोड डलर पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर