टिकटकविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं ।  टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेका रिट ‘हेर्न नभ्याइने’ मा परेको छ। सरकारले टिकटकमा प्रतिबन्द लगाउने निर्णय गरेपछि सर्वाेच्च अदालतमा गत शुक्रबार १० वटा रिट परेका थिए। उक्त रिटमाथि सोमबार सुनुवाइ गर्न पेसी तोकिएको थियो।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको थियो। तर, न्यायाधीश डा कुमार चुडाल संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि हेर्न नभ्याउने सूचीमा परेका हुन्।

सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दायर गरेका छन्। गत २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर