छठघाट निर्माण गर्न खटिएका युवकको डुबेर मृत्यु

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका–७ पोखरी टोलमा आइतबार बिहान छठघाट निर्माण गर्न खटिएको एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । घरनजिकको पोखरीमा आइतबार बेलुका छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवास निवासी भुवनेश्वर साहका २२ वर्षीय छोरा सन्तोष साहको मृत्यु भएको हो ।

युवकलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । परिवारका सदस्यका अनुसार युवक केही सातापछि अस्ट्रेलिया जाने तयारीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर