डा. गोविन्द केसीको अनशनमा बस्ने चेतावनी

काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारका लागि बारम्बार अनशनमा बस्दै आएका प्रा. डा. गोविन्द केसी पुन अनशनमा बस्ने भएका छन् । चिकित्सा शिक्षा सुधारमा विभिन्न क्षेत्रमा सरकारले मेडिकल कलेज सञ्चालन गर्न पर्ने भन्दै यही मंसिर २८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराउने भएका हुन ।

प्रा. डा. केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै चेतावनीस्वरूप आफ्ना माग र समयसीमाका विषयमा जानकारी गराएका छन् । उनले आफ्नो अनशनमा  सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई सन्चालनमा गर्न पर्ने माग राखेका छन् । त्यस्तै, उनले डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालनको माग राख्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर