मेयर हर्क साम्पाङको दुर्गा प्रसाईंलाई सुझाव : “कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू”

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गणतन्त्रविरुद्ध नलाग्न सुझाव दिएका छन् । मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत प्रसाईंलाई संघीय गणतान्त्रिक व्यवस्था नै राम्रो भएकाले यसविरुद्ध नलाग्न सुझाव दिएका हुन् ।
पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापनाका पक्षमा लागेका छन् । ‘दुर्गा प्रसाईंलाई मेरो सुझाव : भ्रष्टाचार र भ्रष्टहरूविरुद्ध लाग, तर गणतन्त्रको विरुद्ध नलाग ! यही व्यवस्था राम्रो छ’, साम्पाङले भनेका छन्, ‘यो जनताको व्यवस्थालाई मेरो हो भनेर कब्जा गरी ढलीमली गर्नेहरूको विरुद्ध लाग्नू, तर कुनै परिवारको व्यवस्थाको पक्षमा नबोल्नू ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर