महिला टी–२० : जापानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपाल तेस्रो भएको छ । हङकङमा आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो । नेपालले जितका लागि दिएको ११६ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रनमा समेटियो ।

जापानकी अकारी निशीमुराले सर्वाधिक २९ रन बनाइन् । यस्तै, हिनासी गोटोले १६ तथा अहिल्या चन्डेलले ११ रन बनाए । नेपालकी संगीता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाख्रिनले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए । जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले एक–एक विकेट लिए । सिरिजअन्तर्गत तान्जानिया र हङकङले उपाधिका लागि आज खेल्दैछन् । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर