नेपालद्वारा जापानसामु ११६ रनको लक्ष्य
काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले जापानविरुद्ध ११६ रनको लक्ष्य दिएको छ ।
हङकङमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको छ ।
नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए ।
जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले एक–एक विकेट लिए ।
प्रतिक्रिया