अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते

काठमाडौं । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा बिहानीको समयमा आगलागी हुँदा अस्पतालका कर्मचारी र बिरामी सहित ३८ जना घाइते भएका हुन् ।

आगलागीमा निसासिएका बिरामीहरू र उद्धारकर्मी सहित ९० जनभन्दा बढीलाई श्वासप्रश्वासमा कठिनाइ भएका कारण अन्य अस्पतालमा सारिएको छ ।

विद्युत चुहावट भइ लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगालागीका कारण अस्पताल भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर