आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५४ पैसा पुगेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा पुगेको थियो ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४५ रूपैयाँ २१ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६४ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ९० पैसा र बिक्रीमा ८ रूपैयाँ ९४ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ४१ पैसा र बिक्रीदर २८ रूपैयाँ ५३ पैसा पाइन्छ । कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३३ रूपैयाँ २८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २१ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर