नेपालले जापानलाई दियो १ सय १६ रनको लक्ष्य

काठमाडौं । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको तेस्रो स्थानका लागि भइरहेको खेलमा नेपालले जापानलाई एक सय १६ रनको लक्ष्य दिएको छ ।

हङकङ क्रिकेट क्लब मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको हो । नेपालकी पूजा महतोले सबैभन्दा धेरै ४३ रन बनाइन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रले २१ र इन्दु बर्माले १२ रन बनाए।

नेपाल लिगमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलबाट बाहिरिसकेको छ । अन्तिम खेलमा जापानलाई ६७ रनले हराएको थियो । त्यही जापानसँग अहिले खेलिरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर