पूर्वराजा ज्ञानेन्द्र शाह ९ गते झापा जाने

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह यही मंसिर ९ गते झापा जाने भएका छन् । 

शाहका संवाद सचिव फणिराज पाठकले आज एक सूचना जारी गर्दै पूर्वराजा शाह बिर्तामोड नगरपालिका– १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा झापा जाने जानकारी गराएका हुन् ।

शाहले मंसिर ९ गते कलेज प्राङ्गणमा बनेको पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको संवाद सचिव पाठकले जानकारी दिए । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर