दसैँ र तिहारको अवधिमा जुवाखालबाट ८० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरूबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरूबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरू धरौटीमा रिहा भएका छन् ।

पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरूबाट रु दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर