फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ।

शुक्रवार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ।

दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ।

१० किलोमिटरको गहिराइमा सारङ्गानी सहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ।

इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पुर्‍याउने बताएको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर