डेनमार्क युरोकपमा छनोट

काठमाडौं । सन् २०२४मा आयोजना हुने युरोकप फुटबलका लागि डेनमार्कले स्थान पक्का गरेको छ । समूह एफबाट डेनमार्कले स्थान पक्का गर्दा दोस्रो टोलीको भने टुंगो भएको छैन । यो समूहमा ६ टिम रहेकाले नवौं चरणको खेलबाट २२ अंक बनाउँदै डेनमार्कले स्थान पक्का गर्दा स्लोभानिया र काजकिस्तानको विचमा दोस्रो हुने होड खुला रहेको छ ।

शुक्रबार राति डेनमार्कले स्लेभानियालाई २–१ ले पराजित गर्दै युरोकपमा स्थान पक्का गरेको हो । डेनमार्कको जितमा २६ औं मिनेटमा जाओकिम महेलले गोल गर्दै अग्रता दिलाएका थिए । तर ३० औं मिनेटमा एरिक जानाले गोल गरेपछि बराबरी भएको थियो । ५४ औं मिनेटमा थोमस डेलानीले गोल गरेपछि डेनमार्कले २–१ ले अग्रता बनायो । सोही अग्रता अन्तिमसम्म कायम राख्दै जित निकालेको हो । यही समूहमा रहेका फिनल्याण्डले नर्थन आएरल्याण्डलाई ४–० गोल अन्तरले पराजित गर्दा काजकिस्तानले सान मरिनोमाथि ३–१ को जित दर्ता गर्न सफल भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर