कैलालीको धनगढीमा आगलागी : मेडिकलसहित ८ वटा पसलमा क्षति

काठमाडौं । कैलालीको धनगढीमा गएराति आगलागी भएको छ । आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ । दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय बासिन्दा आगो निभाउन खटिएका छन् ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर