महिला टी-२० सिरिजः जापानविरूद्ध ब्याटिङमा नेपाल

काठमाडौं । चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले आज लिगको अन्तिम खेल जापानसँग खेलिरहेको छ। अघिल्लो दुई खेलमा तान्जानिया र आयोजक हङकङसँग पराजित भएको नेपाल आज जापानविरूद्ध ब्याटिङ गरिरहेको छ। खेलको ८ ओभर जारी रहँदा नेपाल १ विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ। नेपालकी सिता रानामगर सातौं ओभरको तेस्रो बलमा आउट भइन्। २० बल खेलेकी उनले ९ रन बनाइन। अहिले कप्तान इन्दु बर्मा र पुजा महतो ब्याटिङमा छन्।

लिगको दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। सिरिजको उपाधिका लागि आयोजक हङकङ र तान्जानिया खेल्दा तेस्रो स्थानका लागि नेपालले पुनः जापानसँगै खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर