प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लियो

काठमाडौं । बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकाशजङ्ग शाहलाई शुक्रबार बाँकेको खजुरा गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
शाहलाई नियन्त्रणमा लिन खोज्दा भागेका हुनाले उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी डाँगीले बताए । शाहको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको र उनको भेरी अस्पतालमा उपचार भइरहेको डिएसपी डाँगीले बताए ।

शाहले कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय कृष्ण भनिने मिनबहादुर विकलाई बिहीबार बिहान साढे ३ बजेको समयमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । विकको नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर