जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन्। नेकपा माओवादी केन्द्र तनहुँले आज (बिहीबार) आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले विभिन्न रूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ। एकथरी तत्व कुनै न कुनै रूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन्। प्रतिगमनका निम्ति मलजल गरिरहेका छन्।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे। उनले भने, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ।’ सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर