दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना, २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको बस रुपन्देहीमा दुर्घटना भएको छ । बा प्र०३-००१ नम्बरको बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

 गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए । घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भीर र मध्यम घाइते भएकाहरुको नामावली
१. दाङको शान्तिनगर- ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस ।
२. सल्यानको कपुरकोट-५ बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस ।
३. रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती र दायाँ घुँडामा चोट, अवस्था मध्यम ।
४. रोल्पाको गंगादेव-२ बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम ।
५. सल्यानको कपुरकोट-१ बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम ।
६. दाङको तुलसीपुर उपमहानगरपालिका- १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम ।
७. नुवाकोटको बिदुर नगरपालिका-१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम ।

सामान्य घाइते भएकाहरुको नामावली
१. सल्यानको कपुरकोट-५ बस्ने ७ वर्षीया दिपिका साहु ।
२. सल्यानको कपुरकोट-१ बस्ने ३५ वर्षीय प्रकाश राउत ।
३. सल्यानको बनगाड कुपिण्डे-९ बस्ने २४ वर्षीय तिलक बुढाथोकी ।
४. रोल्पाको होलेरी बस्ने ७ वर्षीय रण बहादुर चलाउने ।
५. नुवाकोटको बिदुर नगरपालिका-१० बस्ने २६ वर्षीय नवराज मोक्तान ।
६. नुवाकोटको बिदुर नगरपालिका- १० बस्ने एक वर्षीय विश्वास मोक्तान ।
७. दाङको तुलसीपुर उपमहानगरपालिका-१४ बस्ने ३२ वर्षीय शरद ओली ।
८. दाङको शान्तिनगर-३ बस्ने २७ वर्षीया समिक्षा गाहा ।
९. दाङको घोराही-९ बस्ने १७ वर्षीय राहुल शाह ।
१०. दाङको घोराही उपमहानगरपालिका-९ बस्ने २० वर्षीया मनिका योगी ।
११. दाङको बबई गाउँपालिका-५ बस्ने २७ वर्षीया देबीका बि.एम (बुढामगर) ।
१२. सप्तरीको राजविराज-१२ बस्ने ६० वर्षीय शिव नारायण रजत ।
१३. सप्तरीको राजविराज-१२ बस्ने ६० वर्षीया ललिता देवी रजत ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर