सुनको भाउ आज शुक्रबार २३ सय रुपैयाँ बढ्यो

काठमाडौं ।  सुनको भाउ आज शुक्रबार एकै दिनमा दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ ।

गएको सोमबार सुनको भाउ तोलामा एक लाख १३ हजार दुई सय रुपैयाँ थियो । मङ्गलबार, बुधबार र हिजो बिहीबार तिहार बिदामा सुनचाँदीको मूल्य तोकिएको थिएन । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले लक्ष्मी पूजाको भोलिपल्ट २७ गते भाउ तोकेपछि आज बजार खुलेको हो । यस्तै चाँदी तोलाको एक हजार चार सय ५० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर