मौसम : हिमाली भू-भागमा हिमपात, अन्य क्षेत्रमा सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव र कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी,  बागमती, गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर