नेपाल युएईसँग ४ गोलले पराजित

काठमाडौं । नेपाल २०२६ को विश्वकप छनोटअन्तर्गत आज युएईविरुद्धको खेलमा पराजित भएको छ ।  दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल रहित बराबरीमा सकिएको थियो । यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।

विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् ।  अब नेपालले विश्वकप छनौट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध हुने छ।  यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर