बाबरको राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले तोक्यो नयाँ कप्तान

काठमाडौं ।  बाबर आजमले तीनवटै फर्म्याटको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तान क्रिकेट बोर्ड (पीबीसी)ले शाहिन शाह अफ्रिदीलाई टी–२० र शान मसूदलाई टेस्ट क्रिकेटको नयाँ कप्तान नियुक्त गरेको छ। निकट भविष्यमा कुनै एकदिवसीय खेल तालिका नभएकोले पीसीबीले अहिलेसम्म एकदिवसीय कप्तान भने तोकेको छैन।

मसूदले पाकिस्तानका लागि एक दशकअघि टेष्ट क्रिकेटमा डब्यू गरेका थिए। तर लामो समय टीमबाट बाहिर थिए। उनले आगामी डिसेम्बर १४ देखि हुने अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिजमा पाकिस्तानको कप्तानी गर्नेछन्।

यस्तै, २३ वर्षीय अफ्रिदीले आगामी जनवरी १२ देखि हुने न्यूजिल्याण्डसँगको ५ खेलको टी–२० सिरिजको कप्तानी गर्नेछन्। उनले आफ्नो कप्तानीमा लाहोर कलन्दर्सलाई दुई पटक पाकिस्तान सुपर लिगको उपाधि जिताएका थिए। यस्तै, पीबीसीले मोहम्मद हाफिजलाई क्रिकेट टीमको निर्देशक नियुक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर