नेकपा एस महोत्तरीका अध्यक्षले त्यागे पार्टी

काठमाडौं । नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह लगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर