चीन-अमेरिका जलवायु सहयोग कार्य समूह गठन गर्न सहमत

काठमाडौं । यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् । दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै देशलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको संयुक्त रुपमा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एक जलवायु संकटको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छौँ’ विज्ञप्तिमा भनिएको छ । ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । कोप–२८ शिखर सम्मेलनका लागि दुवै देशबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर