नेपाल तान्जानियासँग पराजित

काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजको पहिलो खेलमा तान्जानियासँग पराजित भएको छ । तान्जानियाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपाल १६.५ ओभरमा अल आउट हुँदै ८८ रन मात्र बनाएपछि तान्जानिया २७ रनले विजयी भएको हो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ४३ रन बनाइन भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् । यी दुई बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । यसअघि तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो ।

अब नेपालले अर्को खेल बिहीबार हङकङसँग बिहीबार खेल्ने छ भने तेस्रो खेल जापानसँग शनिबार खेल्ने तालिका रहेको छ । चार देश एकअर्काविरुद्ध एक एक पटक खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । फाइनल खेल आइतबार हुने छ भने तेस्रो र चौथो हुने देश तेस्रो स्थानका लागि आइतबार नै खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर