जुवा खेलिरहेका नेपाली सेनाका पूर्व रथिसहित ८ जना पक्राउ

काठमाडौं । ललितपुरको हात्तीवनमा जुवा खेलिरहेका नेपाली सेनाका पूर्व रथिसहित ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई झण्डै १७ लाख रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पनि पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ । पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर