चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकामा

काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका गएका छन् ।  चिनियाँ राष्ट्रपति सी ६ वर्षपछि अमेरिका भ्रमणको सिलसिलामा गएराति सन फ्रान्सिस्को सहर पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सी अमेरिका पुग्दा सडकमा समर्थक र प्रदर्शनकारीको भीड लागेको थियो, ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

अमेरिका भ्रमणको क्रममा सी र राष्ट्रपति जो बाइडेनबीच पनि भेटवार्ता हुँदैछ । पछिल्लो पाँच वर्षयता अमेरिका–चीन सम्बन्ध खराब अवस्थामा रहेको बेला दुई देशका राष्ट्रपतिबीचको भेटवार्ताले सम्बन्ध सुधार गर्न मद्दत गर्ने विश्लेषकहरुले बताएका छन् ।

तर, अमेरिकाले ताइवान वरपर बढाइरहेको सैन्य उपस्थिति र चीनले पनि बारम्बार चेतावनी दिनुले सम्बन्ध सुधारको संकेत नगर्ने पनि विश्लेषण हुँदै आएको छ । एक अर्काका ठूला व्यापारिक साझेदार समेत रहेका अमेरिका र चीन राजनीतिक र सुरक्षालाई कारण देखाएर बेला बेला एक अर्काका विभिन्न सामान र कम्पनीमाथि प्रतिबन्ध लगाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर