नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्न आग्रह गरेका छन् । काठमाडौंमा मंगलबार आयोजित नेपाल संवत ११४४ को कार्यक्रममा मेयर साहले काठमाडौं महानगरले पहिल्यैदेखि नेपाल संवतको प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । आउँदो वर्षसम्म नेपाल संवत राष्ट्रिय रूपमा नै प्रयोग हुने उनको विश्वास छ ।

उनले भने, ‘नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा प्रयोग गर्नुहुन आग्रह छ । काठमाडौं महानगरपालिकाले त पहिलादेखि नै आफ्ना कागजातहरूमा समावेश गर्दै आएको छ । प्रधानमन्त्रीज्यू पनि यहाँ नै हुनुहुन्छ, राष्ट्रिय रूपमा मनाउन आग्रह छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर