अर्को दशैँको फिल्मका लागि दीपकराजको नयाँ अवतार !

काठमाडौं । अभिनेता तथा निर्माता दीपक राज गिरीले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । मंगलवार विहान सामाजिक सञ्जालमा एउटा छोटो पोस्टमार्फत उनले यो कुराको जानकारी दिएका हुन् ।

‘तयारी अर्को सिनेमाको, प्रदर्शन दशैँ २०८१’, दीपकराज ले लेखका छन् । पोस्ट सँगैको तस्विरमा उनले माग्ने बुढा अर्थात् केदार प्रसाद घिमिरेसँग तस्विर पोस्ट गरेका छन् । तस्विरमा दीपकराज नयाँ लुक्समा देखिएका छन् । उनको यो लूक नयाँ फिल्मको हुन सक्ने अनुमान गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर