मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७६ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८५ रुपैयाँ २० पैसा रहेको छ ।
प्रतिक्रिया