स्टयान्डर्ड चार्टर्ड बैंकले व्याजदर घटायो

काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले व्याजदर घटाएको छ । बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर मंसिर १ गतेदेखि लागू हुनेछ ।

बैंकको ब्याजदर मुद्दति निक्षेप संस्थागत तथा व्यक्तिगत दुवै तर्फ एकल अंकमा रहेको छ । मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ५.२५ देखि ८.९७ प्रतिशतसम्म रहेको छ । संस्थागत तर्फ ५.२५ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जाका व्याजदर  भने अधिकतम १२.४२ प्रतिशत ब्याज रहेको बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।बैंकले बचत खाताको लागि ४ देखि ६.०५ प्रतिशत ब्याजदर तोकेको  छ । त्यस्तै, बैंकको असोज मसान्तसम्मको आधारदर ८.२४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर