भेरी नदीमा खसेर कांग्रेस नेता बेपत्ता

काठमाडौं । राहत सामग्री लिएर नलगाड नगरपालिका–१३ मा आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् ।

भूकम्पका पीडितलाई राहत लिएर आएको हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा नलगाड नगरपालिका–१३ का ५० वर्षीय केशव मल्ल भेरी नदीमा खसेर बेपत्ता भएको हुन् । उनी नेपाली कांग्रेसका स्थानीय नेता भएको जाजरकोट कांग्रेसका प्रवक्ता छवि पन्तले बताए ।
बाटोमा हिँडिरहेका मल्ललाई खच्चरले ठक्कर दिएपछि भेरी नदीमा खसेको थियो । उनको खोजी कार्य जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर