जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन जना पुरुष पक्राउ

काठमाडौं ।  ललितपुर महानगरपालिका–१४ नक्खिपोटमा रहेकाे एक रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन जना पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट १ लाख ३ हजार ४ सय २० रुपैयाँ पनि बरामद गरिएको छ। यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट ३४ हजार एक सय ४० रुपैयाँ बरामद गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर