नेपाली फुटबल टोली युएई प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेलका लागि आइतबार युएई प्रस्थान गरेको छ । दुई खेलाडी रोहित चन्द र मनिष डाँगी भने सोझै दुबईमा टोलीमा आबद्ध हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यवसायिक फुटबल खेल्छन् ।
‘होम एन्ड अवे’ प्रणाली अनुसार हुने समूह चरणको आफ्नो पहिलो खेल नेपालले कात्तिक ३० गते घरेलु टोली युएईसँग दुबईमा खेल्नेछ ।
रक्षक योगेश गुरुङ, मिडफिल्डर निशान हमाल र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । अभ्यासका क्रममा घुँडामा चोट लागेका अनुभवी रक्षक अनन्त तामाङ भने युएईविरुद्ध टोलीमा छैनन् ।
नेपाली फुटबल टोली
गोलकिपर – किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
रक्षक –सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
मिडफिल्डर – लाकेन लिम्बु, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल
फरवार्ड –अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार