नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ८ मुण्डेमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहान बुलिङटारबाट कावासोती आउँदै गरेको जीप गोरे घुुम्तीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । मृतकमध्ये तीन महिला तीन पुरुष छन् ।

जिपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको पहिचान खुलेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा पठाइएको छ । घाइतेको पनि जिल्ला अस्पतालमै उपचार भइरहेको छ । यसैबीच जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ का १२ वर्षीया करिश्मा ठाडा रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

अन्य दुई जनाको अझै पहिचान खुलेको छैन । मध्यविन्दु नगरपालिका –२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर