आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तै अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०९ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसा तोकिएको छ।

यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४८ पैसा र बिक्री दर १६३ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर