मेयर बालेनको उद्घोष राति १ बजेसम्म द्यौसी खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र यस वर्षको तिहारमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ। काठमाडौं महानगरपालिकाले राति १ बजेसम्म देउसी–भैली खेल्न पाउने गरी सुरक्षालगायतको प्रबन्ध गरिएको बताएको छ।

विगतका वर्षहरुमा कोभिड महामारीलगायतलाई कारण देखाउँदै स्थानीय प्रशासनले काठमाडौंमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्ने अनुमति दिँदै आएको थियो। तर यस वर्ष भने १ बजेसम्म देउसी भैलो खेल्न सुरक्षाका लागि गस्तीको व्यवस्था मिलाइएको काठमाडौं महानगरका मेयर बालेन साहले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर