रौतहटको मौलापुरकी मेयरलाई पुनर्बहाली गर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
आज शुक्रवार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहकाे पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ ।
यसअघि नेकपा एमालेको सिफारिसमा आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । साह २०७९ वैशाख ३० गते भएकाे पालिका चुनावमा एमालेबाट मेयरमा निर्वाचित हुनुभएकाे थियाे । तर उहाँले एमाले छाडेपछि पार्टीले कारबाही गरेकाे थियाे ।
प्रतिक्रिया