शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको  विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।  आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६६ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८० पैसा र बिक्रीमा ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३३ पैसा र बिक्रीदर २८ रूपैयाँ ४६ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २२ पैसा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर