एसइई-२०८१ का लागि रजिस्ट्रेशन फाराम खुला

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि रजिस्ट्रेशन फाराम खुला गरेको छ। शैक्षिक सत्र २०८० मा कक्षा ९ मा साधारण, परम्परागत (संस्कृत, वेदविद्याश्रम, गुरुकुल, मदर्सा तथा गोन्पा) र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि फाराम रजिस्ट्रेशन फाराम भर्न आह्वान गरिएको हो।

बोर्डका अनुसार विद्यार्थीहरुले यही कात्तिक २४ गते (शुक्रबार) देखि मंसिर मसान्तभित्र फाराम भरिसक्नुपर्नेछ। मंसिर मसान्तभित्र फाराम भर्दा राजस्व बापत ३०० रुपैयाँ शुल्क तिर्नुपर्ने परीक्षा बोर्डले जनाएको छ। विलम्ब शुल्क समेत ६०० रुपैयाँ तिरेर पुस १ गतेदेखि १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर