श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिकै

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकालाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ । श्रील‌ंकाले दिएकाे एक सय ७१ रनकाे लक्ष्य न्युजिल्याण्डले २३ दशमलव दुई ओभरमा भेटायाे । श्रील‌ंकालाई सस्तैमा समेट्ने क्रममा न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन तथा लकी फर्गुसन, रचिन रविन्द्र र मिचेल स्यान्टनरले समान २/२ विकेट लिए ।

श्रील‌ंकाले दिएकाे एक सय ७१ रनकाे लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डका डिभाेन काेनवेले ४५, डिरेल मिचेलले ४३ तथा रचिन रविन्द्रले ४२ रन बनाए । त्यस्तै श्रीलंकाका एन्जेलाे म्याथ्युजले २ विकेट लिए भने चमिरा तथा थिक्सानाले समान एक/एक विकेट लिए ।

श्रील‌ंकाले एक सय ७१ रनमा कुशल परेराकाे अर्द्धशतकीय याेगदान रह्याे । उनले ५१ रन बनाए । त्यस्तै महिश थिक्सानाले ३८ रन बनाए भने धनञ्जय डि सिल्भाले १९ तथा एन्जेलाे म्याथ्युजले १६ रन बनाए । याे खेलसँगै  न्युजिल्याण्डले नाै खेलमध्ये पाँच खेल जित्दै १० अङ्क जाेडेकाे छ । न्युजिल्याण्ड अङ्क तालिकाकाे चाैथाे स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर