महिला क्रिकेट टोलीको कप्तानमा इन्दु र उपकप्तानमा विन्दु

काठमाडौं । हङकङमा हुने चार देश सम्मिलत महिला टी–२० शृङ्खलाको लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्मालाई कप्तानको जिम्मेवारी दिएको छ । यस्तै विन्दु रावल उपकप्तान बनेकी छिन् ।

यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्री र उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छन् । तर कप्तान र उपकप्तान परिवर्तन गरिएको क्यानले जनाएको छ । यस्तै, कन्चन श्रेष्ठ, सोमु बिष्ट र सोनी पाख्रिनले पहिलो पटक सिनियर टोलीबाट खेल्दैछन् । शृङ्खलामा नेपालसँगै तान्जानिया, जापान र हङकङले खेल्नेछन् । नेपालले कात्तिक २९ गते तान्जानियासँग खेलेर प्रतियोगिताको शुरुवात गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर