झापामा सालोद्वारा भिनाजुको हत्या

काठमाडौं । झापाको बुद्धशान्तिमा बुधबारर राति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् । बुद्धशान्ति–५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु अन्दाजी ४५ वर्षीय धनबहादुर कटवालबीच घरायसी विवाद भएको थियो ।

विवादकै क्रममा रोशनले भिनाजु धनबहादुरलाई धारिलो हतियार खुकुरी तथा बाँसले टाउकामा प्रहार गर्दा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ । उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा कटवालको उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

धारिलो हतियार खुकुरी प्रहार गर्ने रोशनलाई खुकुरीसहित नियन्त्रणमा लिई इप्रका बुधबारेमा राखिएको डिएसपी रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर