निजगढ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाइने

काठमाडौं । सरकारले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने भएको छ ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको छ,’ उनले भनिन्, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर