भूकम्पपीडितलाई सरकारको एक महिनाको तलब

काठमाडौं ।  प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन्।

सिंहदरबारमा बिहीबार  बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठुलो धनजनको क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर