कच्चा तेलको मूल्यमा गिरावट

काठमाडौं । इजरायल र हमासबीच जारी युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ । पहिला अन्तर्राष्ट्रिय स्तरमा बच्चा तेलको प्रति ब्यारेल ९३ डलरको नजिक पुगेको थियो । तर, युद्ध चलिरहँदा पनि कच्चा तेलको मूल्यमा एक्कासी गिरावट आएको छ ।अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक स्तरमा पनि पेट्रोल र डिजेलको मूल्यमा असर परेको छ ।

सबैभन्दा पहिले कच्चा तेलको पछिल्लो मूल्यको कुरा गरौं, करिब ५ प्रतिशतको गिरावटसँगै ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७९.८० डलरको स्तरमा पुगेको छ । अर्कोतर्फ, डब्ल्यूटीआईको मूल्य पनि प्रति ब्यारेल करिब ७५.६२ डलर घटेको छ । कच्चा तेलको मूल्यमा आएको यो गिरावटपछि मूल्य तीन महिनायताकै न्यून विन्दुमा पुगेको छ । माग घट्नुको कारण मूल्य घटेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर